नेकपाले तस्बीर हटाएका पहिलो कम्युनिष्ट प्रधनमन्त्री मनमोहन अधिकारीको २० औँ स्मृति दिवस आज
१३ वैशाख, काठमाडाैँ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं सम्भवतः विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २० औँ स्मृति दिवस आज बिभिन्न ढंगले मनाइदैछ । धेरैले फेसबुक र ट्वीटरमा सम्झना गरिरहेका छन भने मनमोहन स्मृति प्रतिष्ठानले सानेपामा अाैपचारिक कार्यक्रम गरी सम्झना गरिरहेको छ । तत्कालीन माअोवादी केन्द्रसँग एकता गरेपछि पूर्व अध्यक्ष समेत रहेका अाफ्ना प्रिय नेतालाई तत्कालीन एमाले (जो अहिले नेकपा बनेको छ)ले समेत बिर्सने कोसिस गरेको छ ।
हरेक सार्वजनिक कार्यक्रममा मनमोहनको तस्बीर झुण्ड्याउने एमाले नेकपा भएपछि पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीको तस्बीर हटाएको छ । केहीदिन अघि भएको नेकपाको स्थापना दिवसको अवसरमा तयार पारिएको व्यानरमा समेत मनमोहन अटाउन सकेनन् । अाजका दिनसम्म त्यही मनमोहन सरकारले ल्याएका कार्यक्रमको जस बेचेर खाइरहेको नेकपाले अाफ्ना इतिहास मेटाउनै खोजेको जस्तो देखिन्छ ।

स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए । अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन । भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।

उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत थिए । विसं २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बने । नेपाली राजनीतिमा उनी एक निष्कलंक प्रधानमन्त्रीका रुपमा मानिन्थे । मलाई देशको प्रधानमन्त्रीभन्दा एउटा असल व्यक्तिको रुपमा मात्र सम्झिदिए पुग्छ भन्ने अधिकारीको सन्देशले आजको राजनीति र समाजलाई दिशाबोध गर्नसके कम्युनिष्ट नामको वर्तमान सरकारले समेत जनताको अालोचना कम खेप्ने निश्चित छ । मनमोहनको तस्बीर हटाएको विषयमा कार्यकर्ता तहमा समेत असन्तुष्टि देखिएको छ । प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका नेकपाका संगठित कार्यकर्ता एकिन्द्र कुँवरले फेसबुक मार्फत यसरी असन्तुष्टि जनाएका छन ।

प्रकाशित मिति : 08:25









