९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कर्णालीमा ३० अर्बको बजेट बन्दै, कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिक्छाैः मन्त्री ज्वाला

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताउनुभयो ।

सङ्घीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा रु नौ अर्ब ८४ करोड ८३ लाख र राजश्व बाँडफाँटमा रु सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ । मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको रु साढे तीन अर्ब यही बजेटमा समावेश गरेर रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । चालू आवमा प्रदेश सरकारले रु २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानूनी संरचना र कर्मचारी अभावका कारण चालू आवमा बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उहाँले प्रस्ट पार्नुभयो । रासस

प्रकाशित मिति : April 25, 2019 at 8:41 pm