आफ्नै खर्चमा मध्यरातमा बालबिबाह गराउने राज्यमन्त्री सुरेश मण्डलको राजिनामा माग
१२ वैशाख, काठमाडाैँ । धेरै मान्छेले राम्रो काम गरेर बहादुरी प्रस्तुत गर्छन । जसको सर्वत्र चर्चा हुन्छ भने धेरैले अनुशरण पनि गर्न खोज्दछन । तर प्रदेश नम्बर २ का एक राज्यमन्त्रीले आफ्नै खर्चमा दलित बालिकाको विवाह गरेर बहादुरी देखाएका छन । जसको सर्वत्र निन्दा भएको छ भने राज्यमन्त्रीको राजिनामा माग भएको छ । प्रदेश २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायकी १४ वर्षीया बालिकाको बिबाह गराएका हुन ।
आफैं उपस्थित भएर डोम समुदायको बालिकाको विवाह गराइदिएपछि राज्यमन्त्री मण्डलको राजीनामा माग भएको छ । बालअधिकारकर्मीले कानुन कार्यान्वयनमा गर्ने निकायको नेतृत्वमा बसेका व्यक्तिले बालबिबाह गराउनु दुःखद भएको भन्दै विरोध जनाएका छन् । अधिकारकर्मीहरूले प्रदेश सरकारले चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान व्यर्थ भएको टिप्पणी गरेका छन । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका-३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा मंगलबार राति गराएका हुन् ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । २० वर्ष भन्दा कम उमेरमा विवाह गराइदिनु कानुन विपरीत हो। तर राज्यमन्त्री मण्डलले नियम विपरित बालबिबाह गराएका हुन । राजापाले भने बालबिहाह गराउने राज्यमन्त्री मण्डलमाथि कारबाही गर्ने तयारी गरेको महासचिव मनिष सुमनले बताएका छन ।
प्रकाशित मिति : 13:31









