पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा भीरबाट लड्दा दुबैको ज्यान गयो
१२ वैशाख, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाले वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको मृत्यु भएको जनाएको छ ।

प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै मृत्यु भएको हो । प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको छ । पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति : 13:14









