धनगढीबाट बझाङ जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ७ जनाकाे मृत्यु २० भन्दा बढी घाइते
११ बैशाख, डडेल्धुरा । बुधबार बिहान डडेल्धुरामा बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति : 07:25







