९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान स्थगित 

१० बैशाख, काठमाडाैँ । नेपाली कांग्रेसले वैशाख ११ गतेबाट सुरु गर्ने तयारी गरेको हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान स्थगित भएकाे छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक निधन भएकोले भोलि वैशाख ११ गते देशभर एकसाथ प्रारम्भ गर्ने भनिएको ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणअन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरेको हो ।

अब कांग्रेसले त्यो कार्यक्रम २०७६ वैशाख २५ गतेदेखि प्रारम्भ गरी जेठ २५ गतेसम्म देशभरका सबै  जिल्लाहरूमा पूर्ववत रुपमा सञ्चालन गर्ने बताएको छ ।

प्रकाशित मिति : April 23, 2019 at 8:46 pm