१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

खुर्पाले श्रीमतीको टाउको छिनाएर भाग्दै गरेका जय बहादुर वाइवा ललितपुरबाट पक्राउ

१० बैशाख, काठमाडौँ । खुर्पाले श्रीमतीको टाउको छिनाएर भाग्दै गरेका जय बहादुर वाइवा ललितपुरबाट पक्राउ परेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइती भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित प्रहरीले पक्राउ गरेकाे हाे । जयबहादुरले श्रीमतीलाई सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरीलाई बताएका छन् ।

श्रीमतीको हत्या गर्ने जयबहादुर वाइबा

जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेकोसमेत बताएका छन् । उनि काँचो इट्टा बनाएर बेच्ने काम गर्थे । उनीहरुको २ सन्तान छन् ।

प्रकाशित मिति : 19:26