८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन

१० चैत्र, बुटवल । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको भैरहवा निवासी ताम्राकारकाे  ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । क्यान्सर र निमोनियाबाट ग्रसित ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि गत चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो ।

स्वास्थ्य र उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ताम्राकार २०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेता ताम्राकार नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका थिए ।

प्रकाशित मिति : 19:04