१ जनाको ज्यान जानेगरी नक्खुमा बिस्फाेट गराउने वलीसहित ६ जना पुर्पक्षका लागि कारागार चलान
१० वैशाख, काठमाडौं । विप्लवका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हाे ।

काभ्रेबाट काठमाडाैँ आउदैँ गरेका वलीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि १ जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न वलीसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।
कारागार चलान भएका अन्यमा ईश्वर परिवार भनिने ईश्वर दमाई, दयाङ भन्ने दिकेन्द्र राई, शिव धमला भन्ने शिव धिमाल, रामकृष्ण खतिवडा र जुम्ली भनिने विरबहादुर कठायत छन् ।
प्रकाशित मिति : 18:47









