८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सरकार र राप्रपाबीचकाे वार्ता सकियाे

१० वैशाख, काठमाडौँ । सरकार र २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको वार्ता सकिएको छ । मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको  वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेकाे बताएका छन् ।

त्यस्तै, राप्रपाका तर्फबाट वार्ता टोलीका संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।

प्रकाशित मिति : 14:57