बिहे गरेको पाँच दिनमै मोटरसाइकल दुर्घटनामा श्रीमानकाे मृत्यु श्रीमती गम्भिर घाइते
बैशाख १०, दमौली । बिहे गरेको पाँच दिनमै मोटरसाइकल दुर्घटनामा श्रीमानकाे मृत्यु श्रीमती गम्भिर घाइते भएकी छिन् । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो ।

दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्थामा सुधार आए पनि अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : 10:17







