माधव नेपाल ओली–प्रचण्डलाई जानकारी दिएर निस्किएका हुन्, तर भ्रम र मनोवाद किन ?
१० वैशाख, काठमाडाैँ । नेपाल कम्यनुिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल आफ्नो पूर्व निर्धारित कार्यक्रम रहेका कारण अध्यक्षद्धय कपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व जानकारी दिएर स्थापना दिवसको कार्यक्रमबाट बाहिरिएका थिए । तर समाचारका नाममा धेरैखाले मनोवादहरू बाहिर आएपछि दैनिकीले माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमसँग जिज्ञासा राख्दा पूर्व योजना अनुसार नै वरिष्ठ नेता नेपाल हलबाट बाहिरिएको बताए ।
दैनिकीसँग गाैतमले भने ‘उहँले पहिले नै अध्यक्षद्धयलाई जानकारी दिनुभएको थियो, साँखुमा आफ्नो कार्यक्रम रहेको बारेमा । फेरि पछि उहाँले आफू एक घण्टा भन्दा बढी बस्न नक्ने जानकारी पनि गराउनु भएको थियो । त्यही भएर उहाँ पूर्व निर्धारित आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुको सडक हस्तान्तरण कार्यक्रममा जनु भएको हो । समाचार आएको जस्तो असन्तुष्टि भन्ने केही होइन ।’

तर समाचारहरूमा माधव नेपालले कुर्सी नपाएर, सोफा नभएकाले, बोल्न नपाएकाले जस्ता अनेकखालका विषयमा सिर्जना गरेर भ्रम छरिरहेका छन । अध्यक्ष बाहेकका सबै नेतालाई एकैखाले कुर्सी भएकाले असन्तुष्टि जनाउनुपर्ने केही कारण नै छैन । बोल्ने कुरामा अघिल्लो दिनदेखि नै मिडियामा सायौँ समाचार आएका थिए अध्यक्षद्धयले मात्रै सम्बोधन गर्दैछन भन्ने तर पनि माधव नेपालको असन्तुिष्टको नाममा आफ्ना असन्तुष्टि राखेर भ्रम छर्नेहरू क्रियाशिल रहेका छन ।
प्रकाशित मिति : 08:36









