१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

ओलीको गृह जिल्लामा देउवाको प्रतिपश्न ‘अरूलाई भोट दिएर कांग्रेसलाई कमजोर भयो भन्ने ?’

९ वैशाख, झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोट अन्य पार्टीलाई दिएर कांग्रेसलाई गाली नगर्न अनुरोध गरेका छन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेका देउवाले झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा पत्रकारहरूलालाई नै प्रतिप्रश्न गर्दै भने ‘अरूलाई भोट दिएर कांग्रेसलाई कमजोर भयो भन्ने ?’

फाइल तस्बीर ।

देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको दाबी गरे । उनले संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको बताए । उनले कांग्रेस कमजोर भयो भन्दै बद्नाम नगर्न अनुरोध पनि गरे । सभापति देउवाले काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको बताए । उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको अारोप लगाए ।

प्रकाशित मिति : April 22, 2019 at 7:14 pm