२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

प्रधानमन्त्री अोलीले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै


२१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ को भारत भ्रमणको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन । तीन दिने भारत भ्रमणको बारेमा छलफल गर्न अहिले पूर्व प्रधानमन्त्रीलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दैनिकीलाई जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही फेरमा छलफल हुनेछ । ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने मंगलबार संसदमा सम्बोधनका क्रममा समेत बताइसकेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०९:१६