नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा गरेर स्थापना दिवस मनाउँदै
९ वैशाख, काठमाडाैँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गरेर मनाउँदै छ ।
नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम अायोजना गरेको छ । कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । यस्तै अरु कम्युनिष्ट घटकहरुले पनि स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।

सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
प्रकाशित मिति : 10:55









