१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

सरकारले कमल थापाको राप्रपासँग वैशाख १० गते दिउँसो १ बजे वार्ता गर्ने

८ वैशाख, काठमाडौँ । सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।

फाइल तस्बीर ।

रासससँग कुरा गर्दै मन्त्री ढकालले भन्नुभयो, “राप्रपाका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको लिखित २२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा वार्ता बोलाउने तयारी भएको हो, मैले आजै वैशाख १० गते वार्तामा आउन लिखितपत्र पठाएको छु ।” प्रधानमन्त्री ओलीलाई राप्रपाले गत फागुन ७ गते २२ बुँदे माग बुझाएर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायत सडक प्रदर्शन कार्यक्रम गरिरहेको छ । राप्रपाका प्रवक्ता भुवन पाठकले कानूनमन्त्री ढकालले राप्रपालाई वार्तामा आउन लेखेको पत्र प्राप्त भएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : April 21, 2019 at 11:22 pm