२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

धार्मिक सांस्कृतिक पहिचान संकटमा परेको भन्दै कमल थापा चिन्तित


२१ चैत, काठमाडौँं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धार्मिक सांस्कृतिक पहिचान संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन ।

पूर्व सचिव भीम उपाध्ययको नेपाल इशाइकरणको बाटोमा भन्ने ट्वीटमा जवाफ दिँदै थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा परेको बताएका हुन । सनातन हिन्दु राष्ट्रको पक्षमा पैरवी गर्दै आएका थापाले आफ्नो ट्वीटमा लेखेका छन ‘नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको छ । संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’

उनले कुनै धर्मप्रति असम्मान वा वितृष्णा नभइ स्वधर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको बताएका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०८:५७

https://srdb.com.np/