२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

आफ्नै नातिनी बलात्कार गर्ने हजुरबुबा प्रहरी खाेरमा


२१ चैत, पाँचथर । आफ्नै नातिनीलाई पटक पटक बलात्कार गर्ने हजुरबुबालाई प्रहरीले पक्राउ गरेको छ ।

५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०८:२२