नेकपाकाे सचिवालय बैठक आज साँझ बस्दै
८ बैशाख, काठमाडौँ । नेकपाले पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार बेलुका सचिवालय बैठक बोलाएको छ । बालुवाटारमा आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

आइतबार बिहान बालुवाटारमा भएको छलफलपछि ३ नम्बर प्रदेश कमिटीले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आइतबार ५ बजे दुई अध्यक्षबीच बैठक बस्ने र ६ बजे सचिवालय बैठक बस्नेगरी सहमति भएको जानकारी दिएका हुन् । अध्यक्ष प्रचण्डले पार्टी एकता सम्बन्धि निर्णयको अनुमोदन सचिवालयले आजै बेलुका गर्ने र निर्णय सोमबार सार्वजनिक गर्ने बताए ।
पार्टी एकतामा केही ढिलो भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले ढिलो हुँदा एकताले पूर्णता पाउँदैन कि भन्ने लागेपनि अब त्यस्तो नहुने बताए ।
प्रकाशित मिति : 14:51







