सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने प्रतिबन्धित नेकपाका महासचिव विप्लवको चेतावनी
८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका छन । आफ्नाे पार्टीका २ केन्द्रीय सदस्य दाङको राम्रीबाट पक्राउ परेपछि विप्लवले विज्ञप्ति मार्फत सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका हुन ।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा सशक्त प्रतिराेधका लागि आफूहरुलाई बाध्य नपार्नसमेत अाग्रह गरेका छन । विज्ञप्तिमा भनिएकाे छ ‘यदि केपी सरकारले हाम्राे पार्टीमाथिकाे दमनलाई राेकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताकाे गिरफ्तारी राेकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिराेध गर्न बाध्य हुनेछाैं। हामी अहिले पनि भन्दैछाैं हामीलाई बाध्य नपारियाेस् ।’
हेर्नुहोस् विप्तलवको विज्ञप्ति

प्रकाशित मिति : April 21, 2019 at 11:03 am









