२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

भारतमा बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्


२१ चैत, कन्चनपुर । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामी १७ वर्षपछि घर फर्केकी छिन् ।

पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका थिए । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भनिन – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।”

“डेढ वर्षसम्म रोइ नै रहँे, रोएको कसैले सुनेनन् नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हँुदैन” – उनले भनिन । भारतको पन्जाब प्रान्त हँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम घरजम गरिन् । अहिले उनको १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।”

“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेट्न पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन् “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।” नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन् ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०७:२६

https://srdb.com.np/