२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कर्णाली प्रदेशको प्रदेश सभा नियमावली पारित


२१ चैत, सुर्खेत । कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।

नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वालाले समाजवादोन्मुख अर्थ व्यवस्थासँग सुहाउँदो वित्तीय पारदर्शिता र अनुशासनयुक्त आर्थिक ऐन तथा नियमावली ल्याउने जानकारी दिए ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सञ्चित कोष स्थापना गर्ने जानकारी दिँदै उहाँले आकस्मिक कोषका लागि अलग्गै ऐन ल्याउने बताए ।
आर्थिक विधेयकमाथिको छलफल जारी छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०७:०३

https://srdb.com.np/