२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

एमाले–माओवादी एकता कार्यदलले प्रतिवेदन वुझायो, वैशाख ९ मा एकता घोषणा गर्न सुझाव


२० चैत, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार प्रधानमन्त्री निवासमा एकता संयोजन समितिको बैठकमा दुबै पार्टीका अध्यक्षलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

मंगलबार बैठक नै भनेर बोलाइए पनि प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक चैत २२ गतेका लागि बोलाइएको छ । उक्त बैठकले पार्टी एकताको मिति तय गर्ने कार्यदलका एक सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

अन्तरिम विधान र सांगठनिक संरचना दुबै कार्यदलले पार्टी एकता वैशाख ९ गते लेनिन जयन्तीको दिन गर्न सुझाव समेत दिएका छन ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १९:४५