२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

स्कटल्याण्डको संसदमा ‘भाग्यले बाँचेकाहरु’


२० चैत, काठमाडौँ । बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) स्कटल्याण्डको संसदमा प्रदर्शन हुने भएको छ ।
महाभूकम्पको तेस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर आगामी बैशाख ११ गते स्कटल्याण्डको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन गर्न लागिएको हो । बैशाख ११ गते साँझ ६ बजेका लागि तय भएको प्रदर्शनमा स्कटल्याण्डका उपप्रधानमन्त्री जोन स्वीनी ९व्यजल क्धष्ललभथ० प्रमुख अतिथि हुनेछन् ।
स्कटल्याण्डको संसदमा नेपाली वृत्तचित्र फिल्म प्रदर्शन हुन लागेको इतिहासमै यो पहिलो हो । युके नेपाल फ्रेण्डशिप सोसाइटीका कार्यकारी निर्देशन आलन मार्सेल सान्का ९ब्बिल ःभचअभ(िक्बलअब० र लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब ९क्तभउजभल न्भतजष्लक० को पहलमा स्कटल्याण्डको संसदमा प्रदर्शन हुन लागेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे ९न्बलभकज एबलमबथ०ले जानकारी दिए ।


‘स्कटल्याण्डको संसदमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुनु हामी सम्पूर्ण नेपालीका लागि गर्व हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको ब्राण्डिङ गर्ने मैले विश्वास लिएको छु ।’– उनले भने ।
गत बर्षको बैशाख ११ गते पनि इतिहासमै पहिलोपटक बेलायतको संसदमा भाग्यले बाँचेकाहरु प्रर्दशन भएको थियो । ‘यसपटक बेलायतकै स्कटल्याण्ड राज्यको संसदमा प्रदर्शन गर्ने मौका पाउनुलाई मैले उपलब्धिका रुपमा लिएको छु,’ निर्देशक पाण्डेले भने, ‘यसलाई मैले नेपाल र नेपालीप्रति बेलायतको गहिरो प्रेमको रुपमा बुझेको छु ।’
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १५७वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ । यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।
साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १८:३०