४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बालुवाटारको जग्गा छानविन प्रभावित पार्न खोज्ने अख्तियारका अनुसन्धान महाशाखा प्रमुख कारबाहीमा

४ वैशाख, काठमाडाैँ । बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोज्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान महाशाखाका प्रमुख कारबाहीमा परेका छन । अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीले छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि उनलाइ कारबाही स्वरूप सरूवा गरिएको अाजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन ।

कान्तिपुरका लेखिएको छ ‘ललिता निवासको जग्गासम्बन्धी उजुरी छानबिनका लागि अख्तियारले उहाँलाई नै अनुसन्धान अधिकृत तोकेको थियो,’ स्रोतले भन्यो, ‘उहाँका कतिपय क्रियाकलापबारे उजुरी आएपछि निगरानी बढाएका थियौं, केही क्रियाकलाप पदीय मर्यादा र आचारसंहिताविपरीतको पुष्टि भएपछि यहाँ राख्नु ठीक हुँदैन भनेर महान्यायाधिवक्ता कार्यालय फिर्ता गरिदिन आग्रह गरेका हौं, उहाँ फिर्ता जाँदै हुनुहुन्छ ।’

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, केही गम्भीर गुनासो भएपछि अरू नियमित सरुवाका माझमा उनलाई पनि फर्काइएको हो । न्याय सेवा आयोगमा उनको सरुवाबारे औपचारिक निर्णयसमेत भएको छैन । आयोगमा विचाराधीन र सबैभन्दा संवेदनशील उजुरीमै चलखेल भएको थाहा पाएपछि केही ऊजुरीकर्ताले महान्यायाधिवक्ता कार्यालयमा समेत खबर गरेका थिए । केही कानुन व्यवसायीले अख्तियार र महान्यायाधिवत्ता कार्यालय दुवैतर्फ यसबारे गुनासो गरेका थिए । ललिता निवासको जग्गामाथि एकसाथ दुई निकायमा कारबाही प्रक्रिया अघि बढिरहेको थियो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभिक्रको जग्गा व्यत्तिका नाममा दर्ता भइसकेको प्रतिवेदन दिएको हो । प्रतिवेदनअनुसार बालुवाटार र वरपरको १ सय १३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ ।

प्रकाशित मिति : April 17, 2019 at 10:11 am