१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एनएमबी बैंकद्धारा सहारा बचत खाता सञ्चालन

२ वैशाख, काठमाडौँ । वित्तीय साक्षरता अभिवृद्धि तथा हरेक नेपालीको एक बैंक खाता लक्ष्य साकार तुल्याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न एनएमबी बैंकले ‘सबैको सहारा बचत खाता’ आजदेखि सञ्चालनमा ल्याएको छ । आज ललितपुरमा पत्रकार सम्मेलन गरेर उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य मौज्दातमा खाता खोल्न सकिने र त्यसमा बैंकले तत्काल रु एक सय जम्मा गरिदिने जानकारी दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ वर्तमान सरकारको परिकल्पना साकार पार्न सहयोग गर्ने उद्देश्यले बैंकले यस्तो अभियान सञ्चालन गरेको बताउनुभयो ।

उक्त खातामा सर्वाधिक व्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार उक्त खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिनेछ जसअन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रूपमा अङ्गभङ्ग भएमा वा क्यान्सर, किड्नी निष्क्रियता, लिभरको रोग, मस्तिष्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या निजको नजीकको हकवालालाई रु १० लाखसम्मको बीमा रकम उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : April 16, 2019 at 12:11 am