८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

अबको वर्ष विकासको वर्ष हुनेछः प्रधानमन्त्री ओली (सम्बाेधनकाे पूर्णपाठसहित)

१ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भएको सम्बोधनमा प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई गर्ने प्रश्नको शैली बदल्न सबैसँग आग्रह गरेका छन् । उनले सरकारले यो वर्ष केही काम गरेन, किन ? भन्ने प्रश्न गर्नुभन्दा पनि यो वर्ष सरकारले के के काम गर्‍यो ? तुइन बिस्थापन गरेर कति फाइदा भयो ? भनेर प्रश्न गर्न प्रधानमन्त्रीले आग्रह गरे । प्रधानमन्त्रीले २०७५ सालमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको प्रतिफल आउन लागेको समेत बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्यका लागि काम गरेको बताए । उनले मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्त्वपूर्ण काम भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारका उपलब्धीबारे चर्चा गरेका थिए । उनले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरे ।

लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र (राइजिङ्ग स्टार) भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति हो भन्दै मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गरे । ‘अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रिय गान र अलक संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलपामा सहभागी हुनु सामान्य विषय होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा सन्तोष अनुभव गरिरहेको छु ।’

छुट्टै मधेश राष्ट्रको वकालत गर्दै आएका सिके राउतलाई राजनीतिको मूल धारमा ल्याएको भन्दै अब भइरहेको हिंसालाई पनि छिट्टै अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्रीले अबको वर्ष विकासको हुने बताउदै त्यसका लागि सबै मिलेर अगाडि बढ्न आह्वान समेत गरे ।

यस्ताे छ प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेकाे सम्बाेधनकाे पूर्णपाठः

प्रकाशित मिति : 08:44