१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी

१३ कात्तिक, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी पदपूर्ति गर्ने भएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त रहेका पदमा ८० कर्मचारी भर्ना गर्न आवेदन माग गरेको हो ।

नेपाल टेलिकमले सार्वजनिक सूचना जारी गर्दै विभिन्न तहका पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि कनिष्ठ प्राविधिकसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार तह ९ मा उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), तह ८ मा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत पदमा आवेदन खुलाएको छ । त्यस्तै, तह ७ मा दूरसञ्चार इन्जिनियर (इलेक्ट्रोनिक्स तथा सञ्चार, कम्प्युटर र इलेक्ट्रिकल), तह ६ मा सहायक प्रशासनिक अधिकृत, सहायक व्यापार अधिकृत र सहायक लेखा अधिकृत पदमा कर्मचारी माग गरिएको छ ।

यसैगरी, तह ५ मा ओभरसियर, तह ४ मा सहायक तथा दूरसञ्चार प्राविधिक र तह ३ मा कनिष्ठ प्राविधिक पदमा पनि आवेदन खुलाइएको छ । विज्ञापनमा खुला तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका लागि समावेशी कोटासमेत छुट्याइएको छ । इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : October 30, 2026 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/