४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समृद्धिको अभियानमा लाग्न कांग्रेस नेता प्रदीप पाैडेलको आग्रह

२८ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पाैडेलले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समृद्धिको अभियानमा लाग्न अनुरोध गरेका छन । बिहीबार नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषले अायोजना गरेको आफ्नो २९ औँ स्थापना दिवस तथा नयाँवर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रम नेता पाैडेलले वर्तमान सरकारको समृद्भिको अभियानमा सबैले साथ दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाइ सानातिना कुरामा नअलमलिन सुझाव समेत दिए ।

नेता पाैडेलले नयाँ संरचना सहितको नेपालमा सञ्चय कोषलाई पनि नयाँ बनाउने कुरामा ईंगित गर्दै सञ्चयकोषको नेतृत्वले सञ्चयकोषमा जम्मा भएको पूजीँलाई सहि ठाँउमा योजना बनाउदै लगानी गर्न सुझाव दिए । उनले देशमा प्रयाप्त पैसा जम्मा भएर खुम्चिएर बसेको भन्दै सही सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : April 11, 2019 at 8:58 pm