नयाँ वर्षको अवसरमा शुक्रबार नेकपाले चियापान गर्ने, १० हजारभन्दा बढीकाे उपस्थिति हुने अपेक्षा
२८ चैत, काठमाडौँ । नयाँ वर्षको अवसरमा शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । धुम्बराहीस्थित मुनलाइट पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीलगायत उपस्थित हुने साे चियापान कार्यक्रममा १० हजारभन्दा बढी मानिस जम्मा हुने अपेक्षा गरिएकाे छ । काठमाडौं क्षेत्र नं. ५ को नेकपाले कार्यक्रमको खर्च व्यवस्थापन गर्ने बताइएकाे छ ।

प्रकाशित मिति : 18:37









