१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

खुसीकाे खबरः अब सरकारले गरिबलाई १ लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने

२६ चैत, काठमाडौँ । अब सरकारले गरिब नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिने भएकाे छ । अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिब नागरिकलाई १ लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् ।

मंगलबार नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारणसभालाई काठमाडौँमा उद्घाटन गर्दै खतिवडाले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई १ लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अब गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरीदिने योजना रहेकाे अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि अर्थमन्त्री खतिवडाले स्पष्ट पारे । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १४:३२