खटाएको ठाउँमा नगएर सडकमा उफ्रने चिकित्सकलाई बर्खास्त गर्ने सरकारको चेतावनी
२६ चैत, काठमाडाैँ । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने बताए । उनले खटाएको ठाउँमा नगएर सडक उफ्रने चिकित्सकलाई बर्खास्त गर्ने चेतावनी समेत दिएका छन । चिकित्सकहरूले जनताको सुबिधा हुने ठाउँमा जान नमान्नु बिडम्बना भएको भन्दै उनले सरकार कडा रूपमा प्रस्तुत हुने बताए ।
प्रकाशित मिति : 10:10









