बालुवाटारमा मन्त्रिपरिषद् बैठकअघि यसरी मनाइयाे उपप्रधानमन्त्री पाेखरेलकाे जन्मदिन/
२५ चैत, काठमाडाैँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठकअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे जन्मदिन मनाइएकाे छ ।

सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेललाई केक खुवाएका थिए । प्रधानमन्त्री ओलीले पुष्प गुच्छा दिँदै पोखरेललाई जन्मदिनको शुभकामना दिएका हुन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठकमा उपस्थित भएका अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन् ।


प्रकाशित मिति : 19:04







