१० असार २०८३, बुधबार | Wed Jun 24 2026

गृहमन्त्रालयले गर्याे २३ जना उपसचिवको सरुवा काे कहाँ (सूचिसहित)

२५ चैत, काठमाडौं । गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमबार दिउँसो उनीहरुको सरुवा गरेकाे हो ।गृहमन्त्रालयले दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरेकाे छ । दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ । संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलन थिए । हाल उनको ठाएँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

गृहमन्त्रालयले सरुवा गरेका २३ उपसचिवको सुचि

प्रकाशित मिति : April 8, 2019 at 6:35 pm