१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

स्थानीय जनप्रतिनिधिलाई बढी रकम भुक्तानी दिएको भन्दै असुलउपर गर्न निर्देशन

२५ चैत, काभ्रे । काभ्रेका अधिकांश स्थानीय तहमा आर्थिक वर्ष २०७४/ ७५ मा कानुनले तोकेको सुविधाभन्दा बढ्ता रकम लिने क्रम बढेको भन्दै महालेखा परीक्षकले कार्यालयले सचेत गराएको छ । कानुनविपरित पदाधिकारीहरुलाई वितरित तलब, भत्ता र उपचार खर्च फिर्ता गर्नसमेत केही तहलाई निर्देशन दिइएको छ ।

 

जिल्लाकै पहिलो एवं पुरानो नगरपालिका बनेपामा पदाधिकारी र सदस्यहरुलाई कानुनविपरितको दसैँ खर्च, इन्धन र पोसाक खर्चका साथै औषधोपचार सुविधाबापत वितरण गरेको रकमसमेत असुलयपर गर्न निर्देशन दिइएको छ ।

महालेखाले लेखापरीक्षणपछि सो नगरपालिकालाई दिएको प्रारम्भिक प्रतिवेदनमा स्थानीय तहका पदाधिकारी तथाा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ को दफा १२ अनुसार पाउनेभन्दा बढी रकम भुक्तानी दिएको हुँदा असुलउपर गर्नु भनी निर्देशन दिएको हो । यो समाचार मधुसुधन गुरागाईले नागरिक दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : April 8, 2019 at 7:15 am