१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सेयर बजार दोहोरो अंकले बढ्दा एनआईसी एशिया बैंक शीर्ष स्थानमा 

२४ चैत,  काठमाडौँ । धितोपत्र बजारमा आइतवार शेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १६ बिन्दुले बढेर एक हजार १८२ दशमलव ३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ बिन्दुले बढेर २५२ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

कूल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरीद भएका छन् । कारोबार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन ।

जलविद्युत् २ दशमलव ७५, निर्जीवन बीमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शुन्य दशमलव ९५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शुन्य दशमलव १२ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु छ करोड ७१ लाख ८४ हजार २५८, एनएमबी बैंकको रु तीन करोड ३१ लाख ७४ हजार ९३०, सानिमा माइ हाइड्रोपावरको रु दुई करोड ५५ लाख ८९३, प्रभु बैंकको रु दुई करोड २२ लाख सात हजार ९७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु दुई करोड २० लाख ६४ हजार ५७५, प्राइम बैंकको रु दुई करोड तीन लाख १० हजार ८१०, नेपाल बैंकको रु एक करोड ८७ लाख ३५ हजार ६२७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआईसी एशिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शुन्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शुन्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १८:४६