गरिवी निवारण कोषमा भ्रष्टाचार भए सैह्य हुन्नः प्रधानमन्त्री ओली
२४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोषमा भ्रष्टाचार भए सैह्य नहुने बताएका छन् । आईतबार सिंहदरबारमा बसेको गरिवी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य नहुने बताए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्न निर्देशन दिए ।
कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय समेत भएकाे छ ।
गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको सञ्चालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले जनाएको छ ।
प्रकाशित मिति : 17:43









