८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको स्वास्थ्यमा उल्लेख्य सुधार

२४ चैत, काठमाडाैँ । पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । शनिबार वुटवल जानेक्रममा धादिङको गल्छी पुग्दा ह्दयघात भएपछि काठमाडाैँ ल्याएर मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । प्रश्रितको शनिबार नै शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न डा. रोशना तिमिल्सिनाले जानकारी दिइन ।

७८ वर्षीय प्रश्रितको ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । प्रश्रितको स्वास्थ्यका बारेमा समाचारहरू प्रकाशित भएपछि उनका शुभेच्छुक र समर्थकहरूले सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गरिरहेका छन ।

प्रकाशित मिति : 11:04