१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोटमा सहभागी हुने नेपाली टोली मलेसिया प्रस्थान

२३ चैत, काठमाडाैँ । आईसीसी यू–१९ विश्वकपका लागि एसिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । बुधबारदेखि मलेसियामा हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरेका छन । नेपाली युवा टाेली शनिबार दिउँसाे १:२५ बजे मलेसिया एअरलाइन्समार्फत क्वालालम्पूर गएकाे हाे ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

प्रकाशित मिति : April 6, 2019 at 11:01 pm