१० असार २०८३, बुधबार | Thu Jun 25 2026

न्यायाधीश नियुक्तिमा पनि भीम रावलको असन्तुष्टि, संवैधानिक व्यवस्थाको हेक्का राख्न अनुरोध

२३ चैत, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री भीम रावलले न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाएका छन । नेता रावलले संवैधानिक व्यवस्था र देशको प्रतिनिधित्वलाई हेक्का राख्न न्याय परिषदको ध्यानाकर्षण समेत गराएका छन्। नियुक्तको अालोचना भइरहेका बेला सत्तारुढ दलका नेता रावलले शनिवार ट्वीटरमार्फत असन्तुष्टि जनाएका हुन्।

उनले लेखेका छन्, ‘न्यायाधीशहरूको छनौटबारे वरिष्ठ कानून वक्ताहरूले नै टिप्पणी गरिरहनु भएको छ। संविधानको धारा १८, ४२ र २४३ को समानता, सामाजिक न्याय, समावेशी सिद्धान्त राम्ररी मनन गर्दै नेपाल मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म छ भन्ने कुराको हेक्का निर्णयकर्ताले राख्नु देशको हितमा हुन्छ।’

परिषद्को चैत १९ को बैठकले सर्वाेच्च अदालतमा ५ र उच्च अदालतमा १८ न्यायाधीशलाई नियुक्तिको लागि सिफारिस गरेको थियो। सिफारिसमा नेपाली कांग्रेसमा चुनाव लडेर पनि केन्द्रीय सदस्य हुननसकेका देखि सत्तारुढ दल निकटका नेता तथा मन्त्रीनिकट व्यक्तिहरु पनि समेटिएका छन्।

प्रकाशित मिति : April 6, 2019 at 10:35 pm