१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा शुरु

२१ चैत, काठमाडौँ । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ । अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका दुई हजार ३०० भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने सो बैंकले जनाएको छ । यो सेवाले गैरआवासीय विद्यार्थीलाई निकै सहजता मिल्नाका साथै कानूनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १३:१७