१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री चीन निर्यात

१९ चैत, रसुवा । रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १५ करोड २१ लाख ९९ हजार १ सय मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय टिमुरेले जनाएको छ ।

यो नाका हुँदै सबैभन्दा बढी ह्याण्डी क्राफ्ट निर्यात भएको छ । १० करोड ९४ लाख ६८ हजार ५ सय मूल्य बराबरको ९ हजार ५ सय १९ केजी किलो ह्याण्डी क्राफ्ट चीन निर्यात भएको हो ।

दोस्रोमा बाँसको मुडा जाने गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा ६७ लाख ७१ हजार ५ सय मूल्य बराबरको २७ हजार ८६ वटा मुडा गएको छ । अम्रिसोको कुचो, काठको क्यारझुल, ह्याण्डी क्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्ध चित्त माला र रुद्राक्ष निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७३ लाख ६७ हजार, २०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार र २०७४/७५ मा २ करोड ९७ लाख ९० हजार रुपयाँ मूल्य बराबरको सामग्री निर्यात भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १२:५६