१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अब साञ्जेन र रसुवागढी पनि जनताको जलविद्युत आयोजना

१८ चैत, काठमाडाैँ । साञ्जेन र रसुवागढी जलविद्युत आयोजना पनि जनताको जलविद्युत आयोजनामा सूचीकृत भएका छन् । उर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेको जनताको जलविद्युत संयोजन समितिको वैठकले रसुवागढी र साञ्जेनलाई जनताको जलविद्युत आयोजनामा समावेश गर्ने निधो गरेको हो । बैठकले दुवै आयोजनाको एक करोड ५४ लाख कित्ता शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

 

यसअघि त्रिशुली थ्री बी आयोजनाको शेयर आवेदन खुला गरेर शेयर बाँडफाड पनि गरिसकिएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले २० कित्ता शेयर पाउनुभएको थियो । १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सर्बसाधारणले शेयर लगानी गर्न मिल्ने गरी १९ वटा जलविद्युत आयोजनालाई जनताको जलविद्युत आयोजनामा समावेश गरिएको छ ।

यी आयोजनामा ५१ प्रतिशत सरकारको लगानी, ३९ प्रतिशत देशभरका नागरिक र १० प्रतिशत आयाजनास्थलका नागरिकको लगानी रहने उर्जा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार २०:२१