बारामा हुरीबाट घाइते भएकाहरूको उपचारमा रगत अभाव भएपछि सेना र प्रहरीले दिए रगत
१८ चैत, काठमाडाैँ । बुरामा हुरीका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार अहिलेसम्म बारा र पर्सामा गरेर ३५ जनाको ज्यान गएको छ भने ६०० भन्दा बढी घाइते भएका छन । घाइतेको उपचारमा रगतको अभाव देखिएपछि बाराबाट सबैजसो बिरामी वीरगञ्जको अस्पताल रिफर गरिएको छ भने रगतको अभाव हुन नदिन राति पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूले रगत दान गरेका छन ।
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार वारा र पर्सामा रक्तसञ्चार केन्द्रमा सेना र प्रहरीका जवानहरुले मध्यरात रक्तदान गरेका छन् । रातभर प्रभावित क्षेत्रमा सेना र प्रहरी राहत तथा उद्दारमा खटिएका छन् । विपतका बेला सेना र प्रहरीका जवानहरुले विगतमा पनि रक्तदान गर्दै आएका थिए ।

भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा मात्रै ३४ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताएका छन । प्रहरीका अनुसार कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 08:25









