हुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो, मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख राहत दिने
१८ चैत, धनुषा । प्रदेश २ को सरकारले आइतबार रातिको हावाहुरीबाट बारा र पर्सा जिल्लामा मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई नगद राहात दिने निर्णय गरेको हो । प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

आइतबार रातिको हुरीबाट बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएका छ । बारा र पर्साको अस्पतालमा ६०० भन्दा बढी घाइतेको उपचार भैरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । हुरीले धेरै घरहरू समेत भत्काएका कारण राति उद्धारमा कठिनाइ भएकाले अहिले पनि उद्धारको काम चलिरहेको छ । उद्धारमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले समन्वय गरेर काम गरिरहेका छन भने मकवानपुर र राैतहटबाट पनि थप सुरक्षाकर्मी लगिएको छ ।
प्रकाशित मिति : 08:05









