३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

दश तस्बीरमा हेर्नुहोस्, अहिलेसम्म २७ जनाको ज्यान लिनेगरी बारामा हुरीले दिएको पीडा

१८ चैत, बारा । आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । हुरीका कारण  ६ सय भन्दा बढी घाइते भएका छन । अहिलेसम्म पनि उद्धारको काम भैरहेको छ । बाराका डिएसपी हेमबहादुर शाहीका अनुसार अहिलेसम्म उद्धारको काम नै चलिरहेकाले क्षतिको यकिन विवरण यही हो भन्न सकिने अवस्था छैन ।

प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र ९ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको छ। रगत अभाव भएपछि सुरक्षाकर्मीहरूले नै रगत दिएर उपचारमा सहयोग गरिरहेका छन । प्रहरीका अनुसार बाराको फेटा पुरेनियामामा धेरै घरहरू भत्किएका छन ।

प्रकाशित मिति : 07:25