सनराइज बैंकले ललितपुरकाे ठेंचोमा शाखा खाेल्याे
१७ चैत, काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सेवासुविधा उपलब्ध गराउन शाखा विस्तार गर्ने क्रममा ललितपुरस्थित ठेंचोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य ई बच्छराज तातेडले आज संयुक्त रmपमा उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

सञ्चालक समितिका सदस्यद्वय ओमकृष्ण जोशी र शारदा शर्मा पुडासैनी, नायब महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीको उपस्थिति थियो । योसमेत गरी बैंकको शाखा सङ्ख्या १०४ पुगेको बैंकले जनाएको छ । बैंकले मुलुकभर २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११९ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : 19:08









