मलाई अपराधी बनाउन खोज्ने कांग्रेस पनि प्रकारान्तरले अपराधी नै होः प्रचण्ड (भिडियोसहित)
१७ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । अाइतबार रिपोर्टर्स क्लबको वार्षिकउत्सवमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नीको उपचारका लागि अमेरिका गएको समयमा कांग्रेसको वाशिंगटन डिसी कमिटीले समेत आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको भन्दै कांग्रेसको ध्यानाकर्षण गराए ।

सँगैमञ्चमा रहेका कांग्रेस नेता डा रामशरण महततर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेपनि रत्तिभर डर नभएको बताए । प्रचण्डले व्यक्तिगत रुपले अाफूले कुनै लोभ र डर नभएको पनि बताए । उनले प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले कांग्रेस पनि अपराधी हुने बताए ।
प्रचण्डको मन्त्यव यहाँ सुन्न र हेर्न सक्नुहुन्छ
प्रकाशित मिति : 14:01









