पत्रकार विश्वमणि सुवेदी पक्राउ
१३ कात्तिक, काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसमा कार्यरत सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित मिति : October 30, 2026 at 6:24 pm








