७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

ओखलढुंगामा जीप दुर्घटनामा परी ६ जनाको मृत्यु ३ को अवस्था गम्भीर

१७ चैत, ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । आईतबार मध्यान्न जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जिप दुर्घनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् ।

दुर्घटनामा एक बालक सहित तीन जना गम्भीर घाईते भएका छन् । उनिहरुको उदयपुरको घुर्मी स्थित आस्था मेडिकलमा उपचार भईरहेको छ । ज्यान गुमाउनेहरुको पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति : 13:17